गुल्मी। अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण दुईजनाको मृत्यु भएको छ। सो घटनामा एकजना बेपत्ता छन्।
गएको मध्यराति पहिरो जाादा इस्मा गाउँपालिका-१ मल्दीका वसन्त सारुका १८ महीने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।
पहिरोबाट सोही वडाको निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले जानकारी दिए।
पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले आज बिहान ६ घण्टापछि उद्धार गरेका छन्।
ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खसेको थियो। आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको थियो।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन रहेको स्थानीयवासी रामबहादुर केसीले बताए।
पहिरोमा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादुर र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन्। एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ।
पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ। पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन्।
घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। रासस
" /> गुल्मी। अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण दुईजनाको मृत्यु भएको छ। सो घटनामा एकजना बेपत्ता छन्।गएको मध्यराति पहिरो जाादा इस्मा गाउँपालिका-१ मल्दीका वसन्त सारुका १८ महीने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।

">