राँझा। बाँकेको डुडुवा गाउँपालिका-६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ।
गृहमा ७० जना बस्ने क्षमता भएपनि अहिले १०० बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिइन्।
गृहमा अदालतबाट फैसला सुनाइएका ३९ र फैसला बाँकी ६१ बालक छन्। गृहमा सबैभन्दा बढी जबर्जस्ती करणी आरोप लागेका बालक छन्। क्षमताभन्दा बढी भएका कारण गर्मी र कोरोना जोखिमको सन्त्रासको बीच भीडमा बसिरहेका छन्।
सुधारगृहको अवस्था बुझ्न निरीक्षणमा गएका उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश हेमराज पन्तले क्षमता घटाउनेतर्फ आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
न्यायाधीश पन्तले कम उमेर र बढी उमेर समूहका बालकलाई छुट्टाछुटै राख्ने प्रबन्ध मिलाउन, गृहमा आवश्यक सरसफाइ र स्प्रेको व्यवस्था गर्न र स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला अदालत बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए। रासस
" /> राँझा। बाँकेको डुडुवा गाउँपालिका-६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ।गृहमा ७० जना बस्ने क्षमता भएपनि अहिले १०० बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिइन्।

">