खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरू गरिएको छ।
करिब ९०० घर गरीब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत हिजो ४५ घरपरिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ।
सङ्घीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरीब परिवारलाई ५० हजारका दरले जस्तापाता खरीदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताइन्।
“नगरपालिकाभित्र करीब ९०० को हाराहारीमा गरीब घरपरिवार रहेका छन्”, उनले भनिन्, “आर्थिक वर्ष २०७७/७८ मा ३३८ घरपरिवारमा उक्त कार्यक्रम लागू हुनेछ ।”
प्रतिगरीब घरपरिवारलाई ५० हजार उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्ताबापतको २५ हजारका दरले उपलब्ध गराइएको रकमको चेक प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गरे।
बाँकी २५ हजार रकम लक्षित परिवारले घरमा छाना लगाइसकेपछि मात्र प्रदान गरिने छ। नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका छन्।
नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउने गरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताए।रासस
" /> खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरू गरिएको छ।करिब ९०० घर गरीब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत हिजो ४५ घरपरिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ।

">