प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरू पुनर्स्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनीहरूले केन्द्रमा रहेका व्यक्तिहरूलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
आक्रमणकारीको खोजी कार्य तीब्र बनाइएको प्रहरी अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ।
गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरू तथा कार निर्माणका ठूला कारखाना रहेका छन्। जहाँ केही वर्षदेखि संगठित अपराधका घटना तीब्र रुपमा बढेका छन् ।
मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरू न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय छन्। यी समूहहरू घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन्।
" /> काठमाडौं। मध्य मेक्सिकोको एउटा लागूऔषध पीडित पुनर्स्थापना केन्द्रमा बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ। स्थानीय सुरक्षास्रोतका अनुसार आक्रमणमा सात जना घाइते भएका छन्।

">