उनलाई बारास्थित नेपाल भारतको सीमानाकाबाट आज पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए।
“भारतबाट नेपाल प्रवेश गरेको भन्ने सूचनापछि पक्राउ गरिएको हो,” उनले भने, “अब भोलि हामी अदालतमा उपस्थित गराउछौं।” उक्त बमकाण्डका फरार अभियुक्त पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालयले विशेष अभियान नै चलाएको छ।
यसअघि मुक्ति शाहलाई पनि प्रहरीले पक्राउ गरेको थियो। पहिलो संविधान सभाको निर्वाचनको एक दिनअघि २७ चैत २०६४ मा रौतहटको राजपुरमा बमकाण्ड भएको थियो। उक्त घटनाका मुख्य योजनाकार रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहमद अफताब आलम जेलमा छन्।
घटना बाहिर आउने र आफूलाई निर्वाचनमा असर पर्ने भन्दै आलम र उनका सहयोगीहरूले घाइतेहरूलाई जिउँदै इँट्टा भट्टामा जलाएर मारेको अभियोग छ।
रौतहटको राजपुरफरदहवा गाविस-४ स्थित शेह इद्रिसको घरमा बम विष्फोट भएको थियो। उक्त घटनामा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य घाइते भएका थिए।
घटना बाहिर आउने र आफूलाई निर्वाचनमा असर पर्ने भन्दै आलम र उनका सहयोगीहरूले घाइतेहरूलाई जिउँदै इँट्टा भट्टामा जलाएर मारेको अभियोग छ। उक्त घटनापछि पिन्टु र ओसीका अभिभावकले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाइ मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरूद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।
तत्कालीन समयमा पीडितहरूको जाहेरी लिन प्रहरीले मानेन। विभिन्न निकायले स्थलगत अध्ययन गरेर घटनाको अनुसन्धान गर्न माग गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णय सदर गर्दै महान्यायाधिवक्ताको कार्यालयले समेत मृत्यु भएको यकिन नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।
मुद्दा नचलाउने भनि गरिएको निर्णयपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले १६ जेठ २०६९ मा उक्त निर्णय बदर गर्दै मुद्दाको गहन अनुसन्धान गर्न आदेश गरेको थियो।
सर्वोच्च अदालतले पटक-पटक आदेश दिए पनि उक्त बमकाण्डको अनुसन्धान अघि बढाइएको थिएन। यही क्रममा छोराका हत्यारालाई कारबाहीको माग राखेर जाहेरी दिने रोक्सना खातुनको हत्या भएको थियो।
सर्वोच्च अदालतले पुनः २०७६ असारमा आदेश दिएपछि प्रहरीले चासो लिएको थियो। रौतहटका तत्कालीन प्रहरी प्रमुख भएर गएका एसपी भुपेन्द्र खत्री नेतृत्वको प्रहरी टोलीले उक्त घटनाको फाइल खोलेर घटनाको अनुसन्धान अघि बढाएको थियो।
आवश्यक प्रमाण जुटाएपछि बमकाण्डका मुख्य योजनाकार भनिएका पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई रौतहट प्रहरीले २६ असोज २०७६ मा पक्राउ गरेको थियो। जिल्ला अदालत रौतहटमा भएको थुनछेक बहसपछि २९ कात्तिकमा आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।
आलम जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि अहिले आलम पूर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। उक्त बमकाण्डका अन्य अभियुक्त भने फरार नै रहेका छन्।
" /> काठमाडौं। रौतहटको राजपुरमा भएको बमकाण्डका फरार एकजना अभियुक्त पक्राउ परेका छन्। प्रदेश २ प्रहरी कार्यालयको टोलीले रौतहटको राजपुर नगरपालिका-६ का ३४ वर्षीय शेष सरोज भनिने शेष सराज पक्राउ गरेको हो।उनलाई बारास्थित नेपाल भारतको सीमानाकाबाट आज पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

">