खोटाङ। जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स-रे (कम्प्युटराइज रेडियोग्राफी) मेसिन सञ्चालनमा ल्याइएको छ।
वर्षौंदेखि मेनुअल एक्स-रे मेसिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले १६ लाख मूल्य पर्ने डिजिटल एक्स-रे मेसिन जडान गरेर सेवा दिन थालेको हो।
डिजिटल एक्स-रे चलेसँगै सेवाग्राहीले रिपोर्टका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ। मेसिन चलेपछि एक्स-रे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताए।
यसलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन विद्युत्को विकल्पमा ब्याकअपसमेत जडान गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रविनकुमार फुयाँलले बताए।
अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र भरपर्दो बनाउने लक्ष्यले प्रविधि स्तरोन्नति गर्दै लगिने निमित्त प्रमुख फुयाँलको भनाइ छ।
१५ शय्या क्षमताको जिल्लाको एकमात्र अस्पतलालाई ५० शय्या बनाउने तयारीसाथ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको छ।
२०४८ सालमा स्थापना भएको जिल्ला अस्पतालमा शय्या अभाव हुँदा कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ। रासस
" /> खोटाङ। जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स-रे (कम्प्युटराइज रेडियोग्राफी) मेसिन सञ्चालनमा ल्याइएको छ।वर्षौंदेखि मेनुअल एक्स-रे मेसिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले १६ लाख मूल्य पर्ने डिजिटल एक्स-रे मेसिन जडान गरेर सेवा दिन थालेको हो।

">