काठमाडौं। करेन्ट लागेर तनहुँ र बर्दियामा दुईजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार तनहुँको आबुँखैरेनी गाउँपालिका-१ बरादीकी ७४ वर्षीया मोतीमायाँ पन्थको घरनजिकै कुखुराको खोरमा लगेको बिजुलीको तारबाट अचानक करेन्ट लागी मृत्यु भएको छ।
करेन्टबाट बेहोस भएकी उनको मुग्लिङ हाईवे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै बर्दियाको बारबर्दिया नगरपालिका-४ घोरपिट्टा बस्ने ४५ वर्षीय मनिराम थारुको करेन्ट लागेर गएराति मृत्यु भएको छ।
आफ्नै खेतमा रहेको बिजुलीको पोलको नाङ्गो तार समाउन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। करेन्ट लागेर तनहुँ र बर्दियामा दुईजनाको मृत्यु भएको छ।प्रहरीका अनुसार तनहुँको आबुँखैरेनी गाउँपालिका-१ बरादीकी ७४ वर्षीया मोतीमायाँ पन्थको घरनजिकै कुखुराको खोरमा लगेको बिजुलीको तारबाट अचानक करेन्ट लागी मृत्यु भएको छ।

">