काठमाडौं। रुसमा हालै भएको चुनावले राष्ट्रपति भ्लादिमिर पुटिनलाई २०३६ सम्म पदमै रहन बाटो खोलिदिएको छ। पुटिनलाई उक्त अवधिसम्म राष्ट्रपति पदमा रहिरहन सक्ने संविधान संशोधन कानूनबारे जनतासँग राय माग गरिएको थियो। यस्तो चुनावमा जनताले संशोधनको पक्षमा मतदान गरेपछि पुटिन थप १६ वर्ष पदमै रहिरहन सक्ने भएका हुन्।
संशोधित कानूनमा टेकेर वर्तमान राष्ट्रपति पुटिनको कार्यकाल समाप्तिपछि ६/६ वर्षको अतिरिक्त समय पदमा बसिरहन जनताले चुनावी माध्यमबाट मञ्जुरी दिएका छन्। रुसमा यतिखेर कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको छ। यही कारण पनि कानून संशोधनका लागि गरिएको चुनावमा मतदान निकै सुस्त हुन पुगेको थियो।
मतदान बुथमा मानिसको भीड थिएन। पूरै मतदान सम्पन्न हुन एक साता लागेको थियो। संविधान संशोधन गरी आफू राष्ट्रपति बनिरहनका लागि जनतालाई विश्वासमा लिन पुटिनले ठूलो अभियान नै चलााएका थिए। (नवभारत टाइम्सबाट)
" /> काठमाडौं। रुसमा हालै भएको चुनावले राष्ट्रपति भ्लादिमिर पुटिनलाई २०३६ सम्म पदमै रहन बाटो खोलिदिएको छ। पुटिनलाई उक्त अवधिसम्म राष्ट्रपति पदमा रहिरहन सक्ने संविधान संशोधन कानूनबारे जनतासँग राय माग गरिएको थियो। यस्तो चुनावमा जनताले संशोधनको पक्षमा मतदान गरेपछि पुटिन थप १६ वर्ष पदमै रहिरहन सक्ने भएका हुन्।संशोधित कानूनमा टेकेर वर्तमान राष्ट्रपति पुटिनको कार्यकाल समाप्तिपछि ६/६ वर्षको अतिरिक्त समय पदमा बसिरहन जनताले चुनावी माध्यमबाट मञ्जुरी दिएका छन्। रुसमा यतिखेर कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको छ। यही कारण पनि कानून संशोधनका लागि गरिएको चुनावमा मतदान निकै सुस्त हुन पुगेको थियो।
मतदान बुथमा मानिसको भीड थिएन। पूरै मतदान सम्पन्न हुन एक साता लागेको थियो। संविधान संशोधन गरी आफू राष्ट्रपति बनिरहनका लागि जनतालाई विश्वासमा लिन पुटिनले ठूलो अभियान नै चलााएका थिए। (नवभारत टाइम्सबाट)
">