काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार काभ्रे, धनुषा र बारामा भएका छुट्टाछ्ट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीस्थित सडकमा बा ४ ख ६३८६ नम्बरको टिपरले बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई हिजो दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धुलिखेल नगरपालिका–२ बस्ने ५३ वर्षीय बेदप्रसाद कोइराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोइरालाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयाचोकस्थित् सडकमा ज ३ प ७०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हिजो दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय बिजयकुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बंगरी पुलस्थित सडकमा न ३ ख ४८९३ नम्बरको ट्रकले ना २ ह ५०७१ नम्बरको अटो रिक्सालाई गएराति ठक्कर दिँदा अटो चालक पर्सा वीरगंज महानगरपालिका–२७ बस्ने ३१ वर्षीय कृष्ण महरा चमारको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार काभ्रे, धनुषा र बारामा भएका छुट्टाछ्ट्टै सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीस्थित सडकमा बा ४ ख ६३८६ नम्बरको टिपरले बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई हिजो दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धुलिखेल नगरपालिका–२ बस्ने ५३ वर्षीय बेदप्रसाद कोइराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोइरालाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

">