ड्रोन उडाउनेहरू मार्चिङ एन्ड प्रालिका कर्मचारी रहेको प्रहरीले जनाएको छ।
उक्त स्थानमा मानवरहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिनाअनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बिनाअनुमति ड्रोन उडाउने कार्यमा संलग्न ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्यसहित चारजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।ड्रोन उडाउनेहरू मार्चिङ एन्ड प्रालिका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

">