भक्तपुर। जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ। कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस संक्रमण रोक्न, क्वारेन्टाइन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन हजार ५०० नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पुर्‍याउने, शङ्कास्पदको पीसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्नेजस्ता कार्य गरेको बताइन्।
कोरोना भाइरसको सङ्क्रमण शुरू भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले यस वर्ष वर्षा शुरू भएलगत्तै केही दिनअघि भक्तपुरको चुनदेवीमा ढलमा छिरेर बेपत्ता भएका पुरुषको शव तीन दिनपछि ललितपुरमा भेटिएकाले बाढी, पहिरो, डुबानजस्ता विपत्ति रोक्न एवं त्यसबाट हुने क्षति न्यूनीकरण गर्न संयुक्त सुरक्षा टोली तयारी अवस्थामा रहेको बताइन्। रासस
" /> भक्तपुर। जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ। कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति संयोजक हुमकला पाण्डेले कोरोना भाइरस संक्रमण रोक्न, क्वारेन्टाइन, आइसोलेसनदेखि होल्डिङ सेन्टरसम्मको व्यवस्थापन गर्दै विदेशबाट आएका तीन हजार ५०० नागरिकलाई विभिन्न जिल्लाको स्थानीय तहसम्म पुर्‍याउने, शङ्कास्पदको पीसीआर परीक्षण गर्ने, अस्पताल लैजाने, विदेशबाट फर्किएका आमा वा बाबुको पहिचान नभएका बालबालिकालाई एसओएसमा राख्नेजस्ता कार्य गरेको बताइन्।
कोरोना भाइरसको सङ्क्रमण शुरू भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले यस वर्ष वर्षा शुरू भएलगत्तै केही दिनअघि भक्तपुरको चुनदेवीमा ढलमा छिरेर बेपत्ता भएका पुरुषको शव तीन दिनपछि ललितपुरमा भेटिएकाले बाढी, पहिरो, डुबानजस्ता विपत्ति रोक्न एवं त्यसबाट हुने क्षति न्यूनीकरण गर्न संयुक्त सुरक्षा टोली तयारी अवस्थामा रहेको बताइन्। रासस
"> भक्तपुरमा तालिमप्राप्त जनशक्तिसहित विपद् व्यवस्थापनको तयारी पूरा    : Dekhapadhi
भक्तपुरमा तालिमप्राप्त जनशक्तिसहित विपद् व्यवस्थापनको तयारी पूरा
भक्तपुर। जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ। कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो।
कोरोना भाइरसको सङ्क्रमण शुरू भएसँगै चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएको नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनदेखि विदेशबाट फर्किएकालाई राख्न बनाइएको होल्डिङ सेन्टरसम्मको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भक्तपुरको विपद् व्यवस्थापन समिति, नेपाली सेनाको वीरदल गण सूर्यविनायक, महानगरीय प्रहरी परिसर भक्तपुर र सशस्त्र प्रहरी बल दुवाकोटको संयुक्त कार्य उदाहरणीय भइरहँदा विपद् व्यवस्थापनमा पनि यी तीनवटै निकाय संयुक्तरूपमा सक्रिय भएका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले यस वर्ष वर्षा शुरू भएलगत्तै केही दिनअघि भक्तपुरको चुनदेवीमा ढलमा छिरेर बेपत्ता भएका पुरुषको शव तीन दिनपछि ललितपुरमा भेटिएकाले बाढी, पहिरो, डुबानजस्ता विपत्ति रोक्न एवं त्यसबाट हुने क्षति न्यूनीकरण गर्न संयुक्त सुरक्षा टोली तयारी अवस्थामा रहेको बताइन्। रासस
प्रतिक्रिया दिनुहोस्