मनाङ। हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ।
कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र संक्रमित तीन दिनअघि निको भएर घर फर्किएसँगै अन्य संक्रमित फेला परेका छैनन्।
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन्। जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए।
कपिलवस्तुको वाणगङ्गा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो ।
मनाङमा ३० जनाको पीसीआर परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयलय जनाएको छ।
मनाङमा निर्माण गरिएका ९३ शय्या क्षमताको क्वारेन्टाइन र सात शय्याको आइसोलेसनमा हाल खाली भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। रासस
" /> मनाङ। हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ।कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र संक्रमित तीन दिनअघि निको भएर घर फर्किएसँगै अन्य संक्रमित फेला परेका छैनन्।

">