तनहुँ। आँबुखैरेनी गाउँपालिका-१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ।
हिजो, १७ असार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय ७४ वर्षीया मोतीमायाको मृत्यु भएको हो। करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भानु नगरपालिका-१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले बताए।
डुबेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। रासस
" /> तनहुँ। आँबुखैरेनी गाउँपालिका-१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ।हिजो, १७ असार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय ७४ वर्षीया मोतीमायाको मृत्यु भएको हो। करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

">