काठमाडौं। दुई दिनअघि रुसमा चुनावी कार्यक्रममा गएका राष्ट्रपति भ्यादिमिर पुटिनको तस्वीर खुब चर्चामा रह्यो। समाचारमा महत्व पाउनुको कारण थियो, उनले मास्क नलगाउनु। यस विषयलाई लिएर विरोध पनि भयो। कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा मास्क लगाउनु अनिवार्य छ, तर उनले त्यसको पालना गरिरहेका थिएनन्।

राष्ट्रपति पुटिनले मास्क नलगाउनुको कारण बताएका छैनन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउनुको कारण खोलेका छन्। ‘‘मास्क लगाउन मलाई कुनै गाह्रो लाग्दैन, तर मास्क लगाउने समय आयो भने अवश्य लगाउँछु,’’ उनले भनेका छन्।

ट्रम्पले मास्क लगाउने अवस्था नै नआएको भनिरहँदा महामारीबाट जोगिनका लागि मास्क अनिवार्य लगाउन र सामाजिक दूरी कायम राख्न सर्वत्र अनुरोध भइरहेको छ। सङ्क्रमणबाट जोगिन यी दुई कुरा राम्ररी पालना गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहेको छ। राष्ट्रपति ट्रम्पमात्र होइन पुटिनले पनि मास्क नलगाएको विषयलाई लिएर विरोध भइरहेको छ।

ट्रम्प भन्छन्, ‘‘यदि म धेरै मानिस भएको ठाउँमा गएँ भने त अवश्य मास्क लगाउने छु।’’ फक्स बिजनेससँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। अमेरिका संसारमै सबैभन्दा बढी सङ्क्रमित हुनेको देश हो। कोरोनाका कारण मृत्युको हुनेको सङ्ख्या पनि अन्यत्रभन्दा त्यहाँ धेरै छ।

ट्रम्पलाई लाग्छ, उनी मास्क लगाउन जरुरी ठाउँमा गएकै छैनन्। केही अघिसम्म उनी मास्क लगाउन कुनै आवश्यकता नै नभएको बताउँथे, अहिले आवश्यक परेमा लगाउने जिकिर गर्न थालेका छन्। रुस र अमेरिकाका यी दुवै प्रभावशाली नेता तथा राष्ट्र प्रमुख किन मास्कविरोधी भए भन्ने सवाल पेचिलो बन्दै गएको छ।

यी दुवै नेता तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न मानिसको भीडमा जान्छन्, तर मास्क भने लगाउँदैनन्। यसबाट मास्क अनावश्यक हो कि भन्ने सन्देश जाने खतरा रहेको विज्ञहरू बताउँछन्। (बीबीसीमा आधारित)

" /> काठमाडौं। दुई दिनअघि रुसमा चुनावी कार्यक्रममा गएका राष्ट्रपति भ्यादिमिर पुटिनको तस्वीर खुब चर्चामा रह्यो। समाचारमा महत्व पाउनुको कारण थियो, उनले मास्क नलगाउनु। यस विषयलाई लिएर विरोध पनि भयो। कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा मास्क लगाउनु अनिवार्य छ, तर उनले त्यसको पालना गरिरहेका थिएनन्।

राष्ट्रपति पुटिनले मास्क नलगाउनुको कारण बताएका छैनन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउनुको कारण खोलेका छन्। ‘‘मास्क लगाउन मलाई कुनै गाह्रो लाग्दैन, तर मास्क लगाउने समय आयो भने अवश्य लगाउँछु,’’ उनले भनेका छन्।

ट्रम्पले मास्क लगाउने अवस्था नै नआएको भनिरहँदा महामारीबाट जोगिनका लागि मास्क अनिवार्य लगाउन र सामाजिक दूरी कायम राख्न सर्वत्र अनुरोध भइरहेको छ। सङ्क्रमणबाट जोगिन यी दुई कुरा राम्ररी पालना गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहेको छ। राष्ट्रपति ट्रम्पमात्र होइन पुटिनले पनि मास्क नलगाएको विषयलाई लिएर विरोध भइरहेको छ।

ट्रम्प भन्छन्, ‘‘यदि म धेरै मानिस भएको ठाउँमा गएँ भने त अवश्य मास्क लगाउने छु।’’ फक्स बिजनेससँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। अमेरिका संसारमै सबैभन्दा बढी सङ्क्रमित हुनेको देश हो। कोरोनाका कारण मृत्युको हुनेको सङ्ख्या पनि अन्यत्रभन्दा त्यहाँ धेरै छ।

ट्रम्पलाई लाग्छ, उनी मास्क लगाउन जरुरी ठाउँमा गएकै छैनन्। केही अघिसम्म उनी मास्क लगाउन कुनै आवश्यकता नै नभएको बताउँथे, अहिले आवश्यक परेमा लगाउने जिकिर गर्न थालेका छन्। रुस र अमेरिकाका यी दुवै प्रभावशाली नेता तथा राष्ट्र प्रमुख किन मास्कविरोधी भए भन्ने सवाल पेचिलो बन्दै गएको छ।

यी दुवै नेता तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न मानिसको भीडमा जान्छन्, तर मास्क भने लगाउँदैनन्। यसबाट मास्क अनावश्यक हो कि भन्ने सन्देश जाने खतरा रहेको विज्ञहरू बताउँछन्। (बीबीसीमा आधारित)

"> ट्रम्प किन मास्क लगाउँदैनन् ?: Dekhapadhi
ट्रम्प किन मास्क लगाउँदैनन् ?
काठमाडौं। दुई दिनअघि रुसमा चुनावी कार्यक्रममा गएका राष्ट्रपति भ्यादिमिर पुटिनको तस्वीर खुब चर्चामा रह्यो। समाचारमा महत्व पाउनुको कारण थियो, उनले मास्क नलगाउनु। यस विषयलाई लिएर विरोध पनि भयो। कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा मास्क लगाउनु अनिवार्य छ, तर उनले त्यसको पालना गरिरहेका थिएनन्।

राष्ट्रपति पुटिनले मास्क नलगाउनुको कारण बताएका छैनन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले मास्क नलगाउनुको कारण खोलेका छन्। ‘‘मास्क लगाउन मलाई कुनै गाह्रो लाग्दैन, तर मास्क लगाउने समय आयो भने अवश्य लगाउँछु,’’ उनले भनेका छन्।

ट्रम्पले मास्क लगाउने अवस्था नै नआएको भनिरहँदा महामारीबाट जोगिनका लागि मास्क अनिवार्य लगाउन र सामाजिक दूरी कायम राख्न सर्वत्र अनुरोध भइरहेको छ। सङ्क्रमणबाट जोगिन यी दुई कुरा राम्ररी पालना गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहेको छ। राष्ट्रपति ट्रम्पमात्र होइन पुटिनले पनि मास्क नलगाएको विषयलाई लिएर विरोध भइरहेको छ।

ट्रम्प भन्छन्, ‘‘यदि म धेरै मानिस भएको ठाउँमा गएँ भने त अवश्य मास्क लगाउने छु।’’ फक्स बिजनेससँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। अमेरिका संसारमै सबैभन्दा बढी सङ्क्रमित हुनेको देश हो। कोरोनाका कारण मृत्युको हुनेको सङ्ख्या पनि अन्यत्रभन्दा त्यहाँ धेरै छ।

ट्रम्पलाई लाग्छ, उनी मास्क लगाउन जरुरी ठाउँमा गएकै छैनन्। केही अघिसम्म उनी मास्क लगाउन कुनै आवश्यकता नै नभएको बताउँथे, अहिले आवश्यक परेमा लगाउने जिकिर गर्न थालेका छन्। रुस र अमेरिकाका यी दुवै प्रभावशाली नेता तथा राष्ट्र प्रमुख किन मास्कविरोधी भए भन्ने सवाल पेचिलो बन्दै गएको छ।

यी दुवै नेता तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न मानिसको भीडमा जान्छन्, तर मास्क भने लगाउँदैनन्। यसबाट मास्क अनावश्यक हो कि भन्ने सन्देश जाने खतरा रहेको विज्ञहरू बताउँछन्। (बीबीसीमा आधारित)

प्रतिक्रिया दिनुहोस्