डोटी। डोटीको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको सार्वजनिक भएको छ। उक्त वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ।
प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो। उपभोक्ताहरूको भेला नै नबोलाई कीर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप बताए।
स्थानीय धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदासमेत कसैलाई पनि उपस्थित नगराइएको उनको भनाइ छ। उक्त समिति गएको १२ जेठमा गठन गरिएको पाइएको छ। २०७६ साल फागुन महीनामा सबै उपभोक्ताहरूको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौता नै नगरी गोप्यरूपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाइएको बताइएको छ।
ओझाले भने, “हामीलाई कुनै जानकारी नगराई समिति गठन गरेर काम भएको रहेछ, सबै कागजात नक्कली बनाइएका छन्, हस्ताक्षर कीर्तृ गरिएको छ, कारबाही हुने की नहुने ?” उक्त खोपानी समितिमा अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरूको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाइएको आदर्श–२ का अर्का स्थानीय नवराज ओझाले बताए।
समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरेका छन्। “समिति गठन गर्दा सबैसँग सल्लाह हुन सकेन”, साउदले भने, “एक÷दुई जनासँग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाएँ, यस्तो होला भनेर थाहा पाएन।” स्थानीय तीर्थ रौतेडाले सबै नक्कली कागजात मिलाएर सहयोग गरिदिएको अध्यक्ष साउदले बताए। रासस
" /> डोटी। डोटीको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको सार्वजनिक भएको छ। उक्त वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ।प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो। उपभोक्ताहरूको भेला नै नबोलाई कीर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप बताए।

">