काठमाडौं। घरेलु तथा साना उद्योग कार्यालय, बारामा करारमा कार्यरत एकजना कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले १७ असारमा घरेलु कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई १० हजार रूपैयाँ घुसहित रंगेहात पक्राउ गरेको हो।
चौधरीले होटेल संचालन लागि अनुमति पत्र बनाई दिनका लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई कार्यालयबाटै घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका केन्द्रीय कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
" /> काठमाडौं। घरेलु तथा साना उद्योग कार्यालय, बारामा करारमा कार्यरत एकजना कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले १७ असारमा घरेलु कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई १० हजार रूपैयाँ घुसहित रंगेहात पक्राउ गरेको हो।चौधरीले होटेल संचालन लागि अनुमति पत्र बनाई दिनका लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई कार्यालयबाटै घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका केन्द्रीय कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
">