बैतडी। बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ। पञ्चेश्वर गाउँपालिका-१ रोलघाटमा हिजो, १८ असारमा बिओपी स्थापना भएको हो।
रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए।
बिओपी उद्घाटन कार्यक्रममा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशङ्कर बुढाथाकीले बिओपीले सीमा सुरक्षाका लागि चौबिसै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रणमा सहयोग पुग्ने बताए।
सीमा सुरक्षाका लागि त्यहाँ सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली खटाइएको छ। बिओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको छ।
बिओपी स्थापनाले सीमा सुरक्षाका लागि सजिलो भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ।
हाल सीमामा देशभरि १२९ बिओपी छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्याउने तयारी छ। नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन्। नेपाल सरकारले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो। रासस
" /> बैतडी। बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ। पञ्चेश्वर गाउँपालिका-१ रोलघाटमा हिजो, १८ असारमा बिओपी स्थापना भएको हो।रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए।

">