चीन। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मंगलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ।
सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ।
यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो। बेपत्तामध्ये दुईजनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ।
त्यस बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ।
जुन महिनाको २६ तारिखबाट यस काउन्टीमा मुसलधारे वर्षा भएको छ।
हाल करिब पाँच हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन्।
वर्षाको कारण यहाँ प्रत्यक्षरूपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ। सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ। रासस/सिन्ह्वा
" /> चीन। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मंगलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ।सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ।

">