सिन्धुपाल्चाेक। पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालू वर्ष २६० मिटर काम सम्पन्न भएको छ। गत वर्ष ११० मिटर काम भएको थियो ।
यस वर्ष शेर्माथाङ र नागीडाँडास्थित बुद्धपार्क दुवैतिरबाट एकै साथ निर्माण शुरू गरी १५० मिटर पदमार्ग सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित तीन अर्ब ५० करोड बजेट लाग्नेछ।
उक्त कामका लागि गत वर्ष बागमती प्रदेश सरकारबाट ५० लाख बजेट निकासा भएको थियो।
सोही बजेटबाट पालिकाकै प्राविधिकद्वारा १० किलाेमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी रकमबाट ११० मिटर पदमार्ग निर्माण गरिएको थियो।
यस वर्ष पनि बागमती प्रदेशको हेटाैंडास्थित पर्यटन विकास आयोजनाले ५० लाख बजेटबाट शेर्माथाङ तर्फबाट काम शुरू गरी ७५ मिटर सम्पन्न गरेको छ।
गाउँपालिकाले ४० लाख बजेटबाट नागीडाँडादेखि शुरू गरी ७५ मिटर सम्पन्न भई जम्मा १५० मिटर सम्पन्न भएको पालिकाका सबइञ्जिनीयर शेरबहादुर राईले बताए। उनका अनुसार यस वर्ष २१५ मिटर सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड-१९ महामारीले बन्दाबन्दी भएपछि तीन महिनासम्म काम रोकिएको थियो। रासस
" /> सिन्धुपाल्चाेक। पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालू वर्ष २६० मिटर काम सम्पन्न भएको छ। गत वर्ष ११० मिटर काम भएको थियो ।यस वर्ष शेर्माथाङ र नागीडाँडास्थित बुद्धपार्क दुवैतिरबाट एकै साथ निर्माण शुरू गरी १५० मिटर पदमार्ग सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित तीन अर्ब ५० करोड बजेट लाग्नेछ।

">