काभ्रे। काभ्रेपलाञ्चोकमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
धुलिखेल नगरपालिका-२, डुडामुखमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका-२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गाेवर्द्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको हो।
मृतक दुवैजनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ। रासस
" /> काभ्रे। काभ्रेपलाञ्चोकमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।धुलिखेल नगरपालिका-२, डुडामुखमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो।

">