काठमाडौं। राजस्व अनुसन्धान विभागले अवैध सुन तस्करी गरी चार करोड २२ लाख रूपैयाँ राजस्व छली गरेको आरोपमा दुईजना भारतीय नागरिकविरूद्ध मुद्दा दर्ता गरेको छ।
भारतको कर्नाटक राज्यका अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्युल हाकिमविरूद्ध उच्च अदालत हेटौंडामा राजस्व चुहावटको मुद्दा दर्ता गरिएको हो।
उनीहरूले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ।
विभागले ११ असारमा दर्ता गरेको मुद्दामा आरोपितद्वयबाट चार करोड २२ लाख २० हजार रूपैयाँ बिगो कायम गरी उक्त बिगो बराबरको रकम र त्यसको दोब्बर जरिवाना असुली तथा कैद सजायको मागदाबी गरिएको छ।
हेटौंडा उपमहानगरपालिकास्थित रातोमाटे चेकपोस्टमा बिना बिल विजक लुकाइछिपाई बसमा लैजाँदै गर्दा उनीहरूलाई उक्त परिमाणको सुनसहित पक्राउ गरिएको थियो।
उनीहरूमाथि गरिएको अनुसन्धानबाट राजस्व चुहावट गरेको पुष्टि भएको विभागले जानकारी दिएको छ।
" /> काठमाडौं। राजस्व अनुसन्धान विभागले अवैध सुन तस्करी गरी चार करोड २२ लाख रूपैयाँ राजस्व छली गरेको आरोपमा दुईजना भारतीय नागरिकविरूद्ध मुद्दा दर्ता गरेको छ।भारतको कर्नाटक राज्यका अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्युल हाकिमविरूद्ध उच्च अदालत हेटौंडामा राजस्व चुहावटको मुद्दा दर्ता गरिएको हो।

">