भारत र पाकिस्तानद्धारा जेलमा रहेका एकअर्काका नागरिक रिहा
काठमाडौं। भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवार र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले आज जानकारी दिएको हो ।

सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरूलाई छोडिने बारेको एक सम्झौता गरेका थिए। सो सम्झौताअनुसार हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो। त्यसै सम्झौताअनुसार नै आज पनि दुवै देशका नागरिकलाई छोडिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

आज रिहा गरिएकामा भारतको जेलमा रहेका २६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछामार्ने मछुवार रहेका छन्। उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ।

त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र २७० जना मछुवारलाई भारतसमक्ष हस्तान्तरण गरेको छ। उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरूले एकै पटक छुटाएका थिए ।

बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्