तनहुँ। तनहुँका स्थानीय तहले छाडारूपमा छाडिएका चौपाया संरक्षण गर्न थालेपछि लोपोन्मुख बन्दै गएका गिद्ध संरक्षणमा सहयोग पुगेकाे छ।
शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाले छाडारूपमा छाडिएका चौपाया संकलन गरी संरक्षण गर्न थालेपछि लोपोन्मुख गिद्ध संरक्षणमा प्रत्यक्ष सहयोग पुग्न थालेको हो।
गौ संरक्षण केन्द्रमा राखिएका बुढा गाई, गोरु मरेपछि त्यसलाई फ्याँक्ने र गाड्ने गरेका कारण सिनो खान विभिन्न जातका गिद्धहरू आउने गरेका छन्।
पछिल्लो समय मरेका सिनो खान नपाउँदा वातावरणीय संरक्षण गर्ने गिद्धहरू लोप हुँदै गएको अवस्था छ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका-९ स्थित घारी महतरा भन्ने स्थानमा तारबार गरी ११० वटा छाडा चौपायालाई व्यवस्थित गरिएको छ।
नगरपालिकाको सहयोगमा भौतिक संरचना तथा गाईवस्तुलाई दानापानीलगायतको क्षेत्रमा नगरपालिकाले सहयोग गर्दै आएको छाडा गौ संरक्षण केन्द्रकी संयोजक एवं कार्यपालिका सदस्य गीता महतले जानकारी दिइन्।
छाडा छाडिएका चौपायाले कृषकको बालीनाली खाइदिने, सवारी दुर्घटना गराई दिने, शहर क्षेत्र फोहोर गरिदिनेलगायतका समस्या आउन थालेपछि नगरपालिकाले संरक्षण गर्ने नीति लिएको हो।
करीब ५०० क्षेत्रफलमा तारबार गरी गौ संरक्षण कार्य गरिएको छ। “गौ संरक्षण केन्द्रमा बिजुली नहुँदा बाघले करिब ३५ वटा चौपाया मारेर फ्याँकि दिँदा त्यसक्षेत्रमा गिद्ध आउन थालेको हो”, उनले भनिन्, “पहिला-पहिला एउटा गिद्ध देख्न पनि गाह्रो हुन्थ्यो, अहिले तीन/चार सय विभिन्न जातका गिद्ध सजिलै देख्न सकिन्छ।”
व्यास नगरपालिकाको कार्यालयले व्यास नगरपालिका-१० स्थित परेवा रह शिशुवा भतेरीमा छाडा तथा वृद्ध पशु व्यवस्थापन केन्द्र स्थापना गरेको छ।
उक्त केन्द्रमा हाल सानाठूला ५० वटा छाडा पशुलाई व्यवस्थापन गर्दै आएको छ।
केन्द्रमा बूढा भएका गाईवस्तु मरेपछि गाड्ने गरे पनि स्थानीयवासीले नगाड्न भनेपछि यत्तिकै राखि दिँदा गिद्ध आउन थालेको व्यास नगरपालिका-१० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताउँछन्।
अहिले दिनमा ५० देखि एक सयसम्म चार-पाँच किसिमका गिद्ध आउने गरेका छन्।
उनले भने, “मरेका सिनो खान पाउने भएपछि गिद्धको संरक्षणमा ठूलो टेवा मिलेको छ।”
जथाभाबी छाडिएका चौपायालाई व्यवस्थित गरी संरक्षण गर्न थालिएपछि सवारी दुर्घटनामा न्यूनीकरण, बालीनाली खाइदिने, अव्यवस्थित फोहोर व्यवस्थापनमा सहज भएको नगरपालिका कार्यालयले जनाएको छ।
बन्दाबन्दीको समयमा तराईबाट पराललगायतका दाना व्यवस्था गर्न कठिनाइ भए पनि अहिले विभिन्न सामाजिक अभियन्ताहरूले गौ संरक्षणमा सहयोग गर्न थालेको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए।
- सानेबहादुर नेपाली/रासस
" /> तनहुँ। तनहुँका स्थानीय तहले छाडारूपमा छाडिएका चौपाया संरक्षण गर्न थालेपछि लोपोन्मुख बन्दै गएका गिद्ध संरक्षणमा सहयोग पुगेकाे छ।शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाले छाडारूपमा छाडिएका चौपाया संकलन गरी संरक्षण गर्न थालेपछि लोपोन्मुख गिद्ध संरक्षणमा प्रत्यक्ष सहयोग पुग्न थालेको हो।

">