पाँच किलो चरेस बरामद्

काठमाडौं। मकवानपुरको हेटौंडाबाट पुलिसले आज बिहान पाँच किलो अवैध लागुऔषध चरेस बरामद् गरेको छ।

इलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले हेटौंडा बजारतर्फ जाँदै गरेको मोटरसाइकलबाट उक्त चरेस बरामद गरेको थियो।

नेवारपानीमा प्रहरीलाई देखेपछि चालकले ना ४३ प ५७८४ नम्बरको मोटरसाइकल बाटोमै छोडेर भागेका थिए।

चालक भागेपछि पुलिसले उक्त मोटरसाइकलको तलासी गर्दा उक्त चरेस फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी गराएको छ।

मोटरसाइकल चालक फरार रहेका छन्। उनको खोजी भइरहेको पुलिसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्