काठमाडौं। ८ दिनपछि नेपाल प्रहरीले २८औं प्रहरी महानिरीक्षक (आईजीपी) पाउँदैछ। वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवाअवधिका कारण असार २४ मा अनिवार्य अवकाश पाउँदैछन्।
२८औैं आईजीपी को बन्छ भन्ने चासो र चर्चा सबैतिर छ तर विगतमा भन्दा कम। विगतका वर्षहरूमा महिनौं अघिदेखि आईजीपी नियुक्तीको चर्चा हुन्थ्यो। सम्भावित उम्मेदवारको दौडधुपले पनि आईजिपी छनोटलाई पेचिलो बनाउँथ्यो। प्रत्येक उम्मेदवारले आफ्नो योग्यता प्रदर्शनभन्दा पनि प्रतिस्पर्धीको कमजोरीमा आफूलाई केन्द्रित गर्थे।
सञ्चार माध्यमदेखि सरोकारवाला निकाय तथा चियागफ समेतमा आईजिपी नियुक्तीको विषय महत्वका साथ उठ्थे। तर यसपाली प्रहरीको नयाँ नेतृत्व नियुक्तिको समय संघारमै आइसक्दा पनि सार्वजनिक रूपमा खास चर्चा भएको छैन।
नयाँ आईजीपीको दौडमा अहिले खासगरी दुई मुख्य प्रतिस्पर्धी देखिएका छन्, शैलेस थापा क्षेत्री र हरि पाल। दुईबीचको घनिष्ट मित्रताका कारण पनि यसपाली आइजिपी बन्ने प्रतिस्पर्धाले बजार तात्न पाएन।
उनीहरूबीचको दोस्तीयारी साँच्चिकै घनिष्ट छ भन्ने आज एक कार्यक्रममा झनै प्रष्ट रुपमा देखियो। कार्यक्रम थियो, महानगरीय प्रहरी परिसर ललितपुरको कार्यालय भवन उद्घाटनको। आईजीपी ठाकुरप्रसाद ज्ञवाली प्रमुख अतिथि रहेको कार्यक्रममा एआईजीसहितका अधिकृतहरू पनि सहभागी हुने तय थियो।
भावि प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहेका एआईजी थापा र पाल एउटै गाडीमा चढेर आइपुगे कार्यक्रम स्थल। यसअघि यस्ता दृश्य विरलै देखेका प्रहरी कर्मचारीहरू दुवै एआईजीको मित्रवत सम्बन्ध देखेर छक्क परे।
.jpg)
“विगतमा आईजीपी हुने अधिकृहरूको एकआपसमा बोलचालसमेत नहुने र एकअर्कालाई कमजोर बनाउने खेल हुन्थो”, एक प्रहरी अधिकृतले भने, “अहिले उहाँहरुबीचको सौहार्दपूर्ण सम्बन्ध र संगठनलाई सुदृढ बनाएर लैजान देखिएको समझदारी प्रशंसनीय छ।”
कार्यक्रममा पनि उनीहरू एकै सोफामा बसेका थिए। २८ औं आईजीपीका प्रमुख प्रतिस्पर्धी रहेका यी दुईबीचको समझदारीले प्रहरी संगठनमा केही सुधार अवश्य हुन्छ भन्ने विश्वासमा छन्, प्रहरी अधिकारीहरू।
तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरि पाल २०७६ साल फागुन १५ गते एकैसाथ एआईजीमा बढुवा भएका थिए। लम्सालले वहालवाला आईजीपी ज्ञवालीसँगै अवकाश पाउने छन्। अनि बाँकी रहनेछन्, थापा र पाल। कुनै ठूलै उलटफेर भएन भने यिनै दुईमध्ये एकजनाले लिनेछन् नेपाल प्रहरीको नेतृत्व।
गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, कार्यदक्षता र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा मन्त्रिपरिषद्मा आईजीपीको बढुवा सिफारिस गर्ने गर्छ। आईजीपी कसलाई बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै चाह त हुन्छ नै उद्योगी व्यवसायी समेत यसमा ठूलै चासो राख्ने गर्छन्। तर यो पल्ट न राजनीतिक चाह व्यक्त भएको देखिएको छ, न व्यवसायीक क्षेत्रो चासो नै सुनिएको छ।
पाल र थापा मध्ये जो आईजीपी भएपनि उसको कार्यकाल करिव २२ महिनाको हुनेछ। २०४९ बैशाख १९ गते दुवै जनाले प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन्। उनीहरूसँगै सेवा प्रवेश गरेका निरजबहादुर शाही र प्रधुम्न कार्की डीआईजी छन्।
नेपाल प्रहरीमा चारवर्ष यता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएका थिए। २८ औं महानिरीक्षक भने एआईजीबाट नै नियुक्त हुने निश्चिकतप्राय छ। प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ज्ञवाली सोझै डीआईजीबाट आईजीपी नियुक्त भएका थिए।
“यसअघि आईजीपीसँगै एआईजी पदसमेत रिक्त हुँदा यसअघिका तीनजना सोझै डीआईजीबाट आईजीपी भए”, एक प्रहरी अधिकृतले भने, “अहिले धेरैपछि एआईजीबाट आईजीपी नियुक्त हुने अवसर जुरेको छ। सरकारले संगठनका सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति नियुक्त गरोस्।”
यसअघि कयौंपटक आईजीपी नियुक्ती विवादित बनेपछि वरिष्ठता र क्षमता भएका प्रहरी अधिकृतहरूले राजीनामा नै दिएका थिए। वहालवाला आईजीपी नियुक्त गर्दा भने कुनै विवाद भएन।
२५ औं आईजीपी नियुक्त गर्दा शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो वरीयताका डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेपछि पहिलो वरीयताका नवराज सिलवालले अदालतको ढोका ढक्ढक्याएका थिए। सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने निर्णयलाई त्रुटिपूर्ण भनेपछि प्रकाश अर्यालले बाजी मारेका थिए।
त्यस्तै सरकारले सर्वेन्द्र खनाललाई २६ औं आईजीपी नियुक्त गरेपछि वरिष्ठतामा पहिलो नम्बरमा रहेका डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए। प्रहरी नियमावली अनुसार सरकारले एआईजी वा एआईजी नभएको अवस्थामा डीआईजीबाट आईजीपी बढुवा गर्न सक्ने प्रावधान छ।
नेपाल प्रहरीको २८ औं आईजीपीले २०७९ बैशाख १८ गतेसम्म नेतृत्व सम्हाल्नेछन्। नेपाल प्रहरीका एआईजी थापा हाल मानवश्रोत एवं प्रशासन विभाग र पाल कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्वमा छन्।
नयाँ आईजीपीको प्रतिस्पर्धामा रहेका दुवै एआईजीले आफूहरुको प्रमुख दायित्व संगठनलाई राम्रो बनाएर लैजाने रहेको प्रतिक्रिया दिएका छन्। “हामी हिजोको जस्तो अस्वस्थ प्रतिस्पर्धामा लागेका छैनौं। जो भए पनि दुवै साथीहरू हौं। मिलेर जाने हाम्रो सल्लाह छ”, एआईजी थापाले भने, “संगठनलाई बलियो बनाउने र प्रहरीलाई चुस्त दुरुस्त राख्ने काममा नै हामी केन्द्रित हुनेछौं।” उनले दुईजना मध्ये जो आईजीपी भए पनि संगठनलाई मिलेर अघि बढाउने बताए।
त्यस्तै प्रतिस्पर्धी एआईजी हरि पालले पनि अहिले आफूहरुबीच संगठनलाई राम्रो बनाएर लैजाने समझदारी भएको प्रतिक्रिया दिए। “दुवैजना साथी हौं। एक आपसमा समझदारी छ। संगठन राम्रो होस् भन्ने चाहना हो”, उनले भने, “एकअर्कालाई सहयोग गरेर नै हामी अघि बढ्ने हो। अहिले ऐतिहासिक समझदारी हामीले गरेका छौं।”
व्यावसायिक छवि भएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ। उनले इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेका छन्। त्यस्तै प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गरेका छन् भने डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गरेका छन्।
डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका थापाले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। त्यसअघि एसएसपी छँदा पनि उनी प्रवक्ता नै थिए। एसएसपी हुँदा उनले विशेष ब्यूरोमा समेत काम गरेका थिए।
अर्का एआईजी पाल पनि व्यावसायिक प्रहरी अधिकृतमा दरिन्छन्। अपरेसन र कमाण्ड कन्ट्रोलमा काविल प्रहरी अधिकृतको परिचय बनाएका पालले डीआईजी हुँदा २ नम्बर प्रदेशको प्रमुख र विशेष ब्यूरोको जिम्मेवारीसमेत कुशलतापूर्वक निभाइसकेका छन्।
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिवन्ध लगाएपछि विशेष ब्यूरोको प्रमुख रहेका पालकै नेतृत्वमा चन्द समूहका सयौं नेता-कार्यकर्ता पक्राउ परेका थिए। उनको अधिकाशं समय फिल्डमा नै बितेको छ। पालले इन्सपेक्टर हुँदा वडा प्रहरी कार्यालय धनगढी र महानगरीय प्रहरी वृत बौद्धको नेतृत्व सम्हालेका थिए। उनी सशस्त्र द्वन्द्वकालमा विशेष अपरेसनका लागि रोल्पामा समेत खटिएर काम गरेका थिए।
डीएसपी हुँदा उनी डडेल्धुरा, काठमाडौं प्रहरीको मुद्दा शाखा र नुवाकोटमा पनि काम गरेका थिए। पाल एसपी छँदा जिल्ला प्रहरी कार्यालय कास्की, धनुषा र रुपन्देहीको नेतृत्व सम्हालेका थिए।