काठमाडौं। विगत १० वर्षमा मनसुन शुरू भएको पहिलो १५ दिनको अवधिमा सबैभन्दा बढी पहिरोका घटना यस वर्ष रेकर्ड भएका छन्।
गत जेठ ३० गते मनसुन शुरू भएयताको १५ दिनमा नेपालमा ५१ वटा पहिरोका घटना रेकर्ड भएका छन्।
गत वर्ष यो संख्या २८ थियो। मनसुनमा बाढी पहिरोका घटनाहरू बढी हुने गर्छन्।
“यस वर्ष मनसुनको पहिलो १५ दिनमा बाढीबाट भन्दा पनि पहिरोबाट धेरै मानिसको मृत्यु भएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको १५ दिने लेखाजोखा प्रतिवेदनमा भनिएको छ, “यस वर्ष मनसुन शुरू भए यताको १५ दिनमा सबैभन्दा धेरै १८ जना मानिसको पहिरोबाट मृत्यु भएको छ।”
यस वर्ष मनसुन शुरू भएको १५ दिनमा चट्याङबाट १० जनाको मृत्यु भएको छ भने सर्पको टोकाइबाट तीनजना गरी विपद्का घटनामा कूल ३१ जनाको मृत्यु भएको छ।
गत वर्ष मनसुन शुरू भएको पहिलो १५ दिनमा विपद्का १५९ घटना भएका थिए, जुन संख्या यो वर्ष १४३ छ।
गत वर्ष उक्त अवधिमा १४ जनाको मृत्यु भएको भने यो वर्ष यो संख्या ३१ छ। विपद्का घटना अघिल्लो वर्ष धेरै भए पनि मानविय क्षति यो वर्ष बढी भएको छ।
विगत १० वर्षको मनसुन शुरू भएपछिको पहिलो १५ दिनभित्र बाढीबाट ८४ र पहिरोबाट ९७ जनाको मृत्यु भएको देखिन्छ।
सबैभन्दा बढी मृत्यु २०७० सालमा भएको थियो।
अघिल्ला वर्षहरूमा पहिरोभन्दा बाढीबाट धेरै मानिसको मृत्यु हुने गर्थ्याे।
२०६९ र २०७२ सालमा मात्र बाढीभन्दा पहिरोबाट धेरै मानिसको मृत्यु भएको थियो।
" /> काठमाडौं। विगत १० वर्षमा मनसुन शुरू भएको पहिलो १५ दिनको अवधिमा सबैभन्दा बढी पहिरोका घटना यस वर्ष रेकर्ड भएका छन्।गत जेठ ३० गते मनसुन शुरू भएयताको १५ दिनमा नेपालमा ५१ वटा पहिरोका घटना रेकर्ड भएका छन्।

">