काठमाडौं। पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङको सरुन्चौरमा जेठ ३१ गते गएको पहिरोका कारण त्यहाँ रहेका ४५ घर र स्वास्थ्य चौकी जोखिममा परेको एक अध्ययनले देखाएको छ।
पहिरो गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययनको लागि एक टोली घटनास्थलमा पठाएको थियो।
घटनास्थलको अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा सरुन्चौरमा रहेका ४५ घर र स्वास्थ्यचौकी जोखिममा रहेको उल्लेख छ।
“अकस्मात आएको भेल पहिरोले सरुन्चौर गाउँका ४५ घर र स्वास्थ्य चौकी अब जोखिममा परेका छन्। जेठमै गएको पहिरोले त्यो ठाउँलाई जोखिमग्रस्त बनाइदिएको छ,” यसै साता सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ, “ती मध्ये ७ घर त उच्च जोखिममा छन्।”
गत जेठ ३१ गते राति ९ बजे मुसलधारे वर्षापछि गएको पहिरोले सरुन्चौरका तीनवटा घरगोठ बगाएको थियो। पहिरोमा परी ९ जनाको मृत्यु भएको थियो।
पहिरोले वस्तीमाथिको जंगलमा खोल्सो बनाइदिँदा जोखिम बढाइदिएको प्रतिवेदनमा जनाइएको छ।
सरुन्चौरमा पहिरको जोखिम न्यूनीकरणको लागि तुरुन्त एउटा प्राविधिक अध्ययन शुरू गर्न पनि प्रतिवेदनमा सुझाइएको छ।
" /> काठमाडौं। पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङको सरुन्चौरमा जेठ ३१ गते गएको पहिरोका कारण त्यहाँ रहेका ४५ घर र स्वास्थ्य चौकी जोखिममा परेको एक अध्ययनले देखाएको छ।पहिरो गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययनको लागि एक टोली घटनास्थलमा पठाएको थियो।

">