काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मुलुकको शान्ति, सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै शक्ति वा समूहका गतिविधिलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज पार्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनैपनि आवरणमा रहेर हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोतसाधनको दोहन, पर्यावरणीय विनाश र तस्करी जस्ता अपराध कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने बताएका हुन्।

उनले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको पनि बताए। मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरू एकतावद्ध हुनुपर्ने उनको भनाई छ।

“आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्नभिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ छ”, उनले भने। कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै उनले कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य नहुने प्रष्ट पारे।

“यस पवित्र मन्दिरमा बसी छद्म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट छैन,” उनले भने, “त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न प्रहरी संगठन दृढ छ।”

कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको उनले बताए।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मुलुकको शान्ति, सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै शक्ति वा समूहका गतिविधिलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज पार्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनैपनि आवरणमा रहेर हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोतसाधनको दोहन, पर्यावरणीय विनाश र तस्करी जस्ता अपराध कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने बताएका हुन्।

उनले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको पनि बताए। मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरू एकतावद्ध हुनुपर्ने उनको भनाई छ।

“आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्नभिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ छ”, उनले भने। कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै उनले कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य नहुने प्रष्ट पारे।

“यस पवित्र मन्दिरमा बसी छद्म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट छैन,” उनले भने, “त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न प्रहरी संगठन दृढ छ।”

कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको उनले बताए।

"> शान्ति, सुरक्षामा अवरोध पुर्‍याउनेहरूका गतिविधि निस्तेज पार्न प्रहरी अधिकृतहरूलाई आईजीपीको निर्देशन : Dekhapadhi
शान्ति, सुरक्षामा अवरोध पुर्‍याउनेहरूका गतिविधि निस्तेज पार्न प्रहरी अधिकृतहरूलाई आईजीपीको निर्देशन
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मुलुकको शान्ति, सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै शक्ति वा समूहका गतिविधिलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज पार्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनैपनि आवरणमा रहेर हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोतसाधनको दोहन, पर्यावरणीय विनाश र तस्करी जस्ता अपराध कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने बताएका हुन्।

उनले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको पनि बताए। मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरू एकतावद्ध हुनुपर्ने उनको भनाई छ।

“आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्नभिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ छ”, उनले भने। कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै उनले कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य नहुने प्रष्ट पारे।

“यस पवित्र मन्दिरमा बसी छद्म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट छैन,” उनले भने, “त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न प्रहरी संगठन दृढ छ।”

कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्