हेटौँडा। लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरी गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई २१ लाख ५२ हजार रकम अनुदान दिने निर्णय गरेको हो।
गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको विकासका लागि पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा अङ्ग्रेजी माध्यमका लागि पठनपाठन प्रोत्साहन अनुदान वितरण गर्ने बैठकबाट पारित भएको जानकारी दिए।
गाउँपाकिाले त्यहाँको वडा नं ६ सुनाचुरीस्थित् राष्ट्रिय माविलाई विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार, मनहरी–७ को विजोनास्थित् राष्ट्रिय आधारभूत विद्यालयमा पुस्तकालय निर्माणका लागि ६ लाख ५० हजार र मनहरी–२ स्थित् सीता माविलाई सूचना प्राविधिक प्रयोगशालाका लागि ६ लाख ५० हजार अनुदान दिने बताइएको छ। रासस
" /> हेटौँडा। लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरी गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई २१ लाख ५२ हजार रकम अनुदान दिने निर्णय गरेको हो।गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको विकासका लागि पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा अङ्ग्रेजी माध्यमका लागि पठनपाठन प्रोत्साहन अनुदान वितरण गर्ने बैठकबाट पारित भएको जानकारी दिए।

">