जिप्रका मोरङमा स्वास्थ्य सुरक्षा सामग्री सहयोग
<p>मोरङ। समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङमा वृक्षारोपण गरिएको छ। केही संस्थाहरूले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन्।</p>
<p>लायन्स क्लव अफ विराटनगर युनिक र लियो क्लव अफ विराटनगर युनिकको सहयोगमा कार्यालय प्रांगणमा विभिन्न प्रजातीका फलफूलका विरूवा रोपिएका छन्। त्यस्तै केएन-९५ मास्क, सर्जिकल मास्क तथा स्यानिटाइजर वितरण गरिएको छ। </p>
<p>सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, लायन्स क्लव अफ विराटनगरका अध्यक्ष प्रविण अग्रवाललगायत उपस्थिति थिए। </p>
प्रतिक्रिया दिनुहोस्
