गत वर्ष भेटिएकाे कंकाल सञ्चारकर्मी तेजु खड्काकाे भएको पुष्टि
बाजुरा। बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कंकाल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ।

२०७६ मंसिरमा कंकाल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको कंकाल परीक्षणपछि खड्काकै पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

बुढीनन्दा तीर्थयात्रामा गएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता भएका थिए।

बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई करङ, झोला र परिचयपत्र भेटिएको थियो।

डोटीको दिपायल सिलगढी नगरपालिका-१, तिखा घर भएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रूपमा काम गर्दै आएका थिए।

खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्