तनहुँमा दुई किलो गाँजासहित चारजना पक्राउ <p>तनहुँ। प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका-४, पुलजीपबाट गाँजासहित चार युवालाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका-५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र&nbsp;२५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका-३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेको प्रहरीले जनाएको छ।</p> <p>मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजा बरामद गरेको छ।</p> <p>प्रहरीले उक्त लागुऔषध &nbsp;ओसारपसार एवं सञ्चयसमेतको कारोबार गर्ने रुपेश र आकाशलाई समेत पक्राउ गरी आज जिल्ला अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्