काठमाडाैं। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले प्रत्येक वर्ष लाखौँ किशोरी आफ्ना परिवार, साथी एवं समुदायको पूर्ण जानकारी र सहमतिमा आफूलाई शारीरिक एवं भावनात्मक हानि पुर्याउने अभ्यासको शिकार बन्न बाध्य हुने गरेको जनाएको छ।
यूएनएफपीले आज जारी गरेको ‘विश्व जनसंख्या स्थिति प्रतिवेदन २०२०’ अनुसार विश्वभर कम्तीमा १९ हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारीत्व परीक्षणसम्मका अभ्यासलाई मानव अधिकार उल्लंघनका रूपमा लिएको छ।
यी अभ्यासहरूमध्ये मूलतः बालविवाह र छोरीभन्दा छोराको चाहना बढीलाई यस प्रतिवेदनले जोड दिएको छ।
यूएनएफपीएका कार्यकारी निर्देशक डा.नतालिया कानेम भन्छन्, “किशोरीहरू विरूद्धको हानिकारक अभ्यासले गम्भीर प्रकृतिको मानसिक आघात निम्त्याउँछ। यसले उनीहरूको पूर्ण प्रगतिको सम्भाव्यताको अधिकारसमेत हरण गर्दछ।”
बाल विवाहको सबैभन्दा उच्च दर रहेको एसियाली देशहरूमध्ये नेपाल पनि रहेको छ।
किशोर किशोरीको लागि विवाहको कानूनी उमेर २० वर्ष भए पनि एक तिहाई भन्दा बढी किशोरीको विवाह १८ वर्षभित्र हुने सो प्रतिवेदनमा औँल्याइएको छ। रासस
" /> काठमाडाैं। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले प्रत्येक वर्ष लाखौँ किशोरी आफ्ना परिवार, साथी एवं समुदायको पूर्ण जानकारी र सहमतिमा आफूलाई शारीरिक एवं भावनात्मक हानि पुर्याउने अभ्यासको शिकार बन्न बाध्य हुने गरेको जनाएको छ।यूएनएफपीले आज जारी गरेको ‘विश्व जनसंख्या स्थिति प्रतिवेदन २०२०’ अनुसार विश्वभर कम्तीमा १९ हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारीत्व परीक्षणसम्मका अभ्यासलाई मानव अधिकार उल्लंघनका रूपमा लिएको छ।

">