काठमाडौं। १३ असार बिहान भारतबाट नेपाल प्रवेश गरेका सलह कीरा ४२ जिल्लामा भेटिएका छन्। स-साना झुण्डमा सलह अझै अन्य जिल्लातर्फ गइरहेको कृषि मन्त्रालयले जनाएको छ। “अहिलेसम्म ४२ जिल्लामा सलह पुगेको रिपोर्ट आएको छ। तर, एकदमै थोरै संख्यामा पुगेका छन्,” कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, “मध्य पहाडि जिल्ला प्राय:मा पुगेको छ।”
१३ र १४ असारमा भारत तर्फबाट स–साना झुण्डमा सलह नेपाल प्रवेश गरेका थिए। हावा दक्षिणबाट उत्तरतर्फ बहँदा सलह नेपालतर्फ आएका हुन्। हिजो, १५ असार र आज मध्यान्हसम्म सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छैन। “पहिला पसेकाहरू धेरै छिन्नभिन्न भएका छन्। प्युठान पुगेको सलह तीन झुण्डमा विभाजित भई पश्चिमतर्फ लागेको सूचना प्राप्त भएको छ। राति रोल्पाको जंगलमा रहेका थिए”, हुमागाईंले भने। पूर्वको पाँचथर, भोजपुरमा समेत सलह भेटिएको उनले जनाए।
ठूलो क्षति गरेको छैन
हुमागाईंका अनुसार सलह स–साना झुण्डमा फैलदा अहिलेसम्म ठूलो क्षति गरेको छैन। कपिलवस्तुमा तरकारी खेतीमा केही क्षति गरेको उनले जनाए। अहिले नेपाल प्रवेश गरेकोमध्ये सबैभन्दा ठूलो झुण्ड कपिलवस्तुमा रहेको छ। यो झुण्ड विभाजित भई केही संख्या अर्घाखाँची हुँदै प्युठानबाट पश्चिमतर्फ लागेको जानकारी उनले दिए।
“कपिलवस्तुमा रहेको सलहले ठूलो क्षति गर्छ कि भन्ने डर छ। यो झुण्ड एकै ठाउँमा बसेको छ। एकै ठाउँमा बस्दा क्षति बढी गर्न सक्छन्”, हुमागाईंले भने।
सलहको दोस्रो ठूलो झुण्ड नेपाल नजिक
सलहको दोस्रो ठूलो झुण्ड नेपाल नजिक आइपुगेको हुमागाईंले बताए। हावा भारतको विहारबाट नेपालतर्फ चलिरहेको हुँदा दोस्रो ठूलो झुण्ड नेपाल छिर्न सक्ने सम्भावना रहेको छ। “केही दिनअघि दिनअघि भारतको दिल्लीबाट उत्तरतर्फ लागेको सलहको ठूलो झुण्ड अहिले हाम्रो नजिक आइपुगेको छ। नेपाल सीमा नजिक आएपछि सहलको यो झुण्ड पूर्वतर्फ लागेको छ। तर, यो झुण्ड नेपालको सीमा भन्दा धेरै पर छैन। सलहको नयाँ भुण्ड आउने सम्भावना पनि उत्तिकै छ,” उनले भने।
आइतबार कविलवस्तु नजिक सलहको नयाँ समूह आइपुगेको थियो। सोममार रूपन्देही नजिक यो समूह रहेको थियो। आज यो बारा र पर्सा नजिक आइपुग्न सक्ने हुमागाईंले बताए। “सलहको नयाँ समूह नेपाल आउने/नआउने हावाको गतिमा भरपर्छ। सलह हावा जता वहन्छ त्यतै जान्छ। यस्तो गर्दा शक्ति सञ्चय हुने र लामो दूरीसम्म उड्न सलहलाई सहज हुने अध्ययनले देखाएको छ”, हुमागाईंले भने।
सलह निगरानी गर्ने सफ्टवेयर छैन
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँग सलह निगरानी गर्ने सफ्टवेयर छैन। यसैकारण मन्त्रालयलाई सहल कहाँ पुगेको छ, कति संख्यामा छ पक्ता लगाउन कठिन परेको छ। “हामीसँग लोकस्ट वाच सफ्टवेयर छैन। बाहिरतिर यही सफ्टवेयरको माध्यमले सलहको निगरानी गर्ने गरिन्छ। हामीले संयुक्त राष्ट्रसंघीय खाद्य एवं कृषि संगठन (एफएओ)सँग समन्वय गरेर यस्ता सूचना लिइरहेका छौं,” हुमागाईंले भने।
तत्काल विषादी प्रयोग नगर्ने
नेपाल प्रवेश गरेका सलह कीरा नियन्त्रण गर्न तत्काल विषादीको प्रयोग नगरिने योजना कृषि मन्त्रालयको छ। हालसम्म ठूलो क्षति पनि नगरेको र विषाद छर्दा अन्य असरहरू हुने कारण तत्काल विषादी प्रयोग नगर्ने योजना बनाइएको हुमागाईंले बताए।
“विषादी प्रयोगमा तत्काल नजाने भन्ने कुरा छ। सलहले छिटोछिटो आफ्नो ठाउँ परिवर्तन गरेका छन्। कुनै–कुनै ठाउँमा मात्र एक ठाउँमा बसेका छन्। ठूलो क्षति नगरेकोले अनावश्यक विषादी थुपारेर काम छैन। विषादी प्रयोग नभए म्याद सकिएपछि त्यसलाई नस्ट गर्न अर्को झन्झट हुन्छ। नेपाल र भारतमा यस्तो विषादी नस्ट गर्न सकिदैन, जर्मनी पठाउनु पर्नेहुन्छ”, उनले भने।
विषादी प्रयोग गर्दा वातावरणमा धेरै असर गर्ने उनले जनाए। ठूलो सहल आएर ठूलो क्षति गरे भने मात्र सरकारी स्तरबाटै विषादीको प्रयोग गरिने उनले जनाए।
" /> काठमाडौं। १३ असार बिहान भारतबाट नेपाल प्रवेश गरेका सलह कीरा ४२ जिल्लामा भेटिएका छन्। स-साना झुण्डमा सलह अझै अन्य जिल्लातर्फ गइरहेको कृषि मन्त्रालयले जनाएको छ। “अहिलेसम्म ४२ जिल्लामा सलह पुगेको रिपोर्ट आएको छ। तर, एकदमै थोरै संख्यामा पुगेका छन्,” कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, “मध्य पहाडि जिल्ला प्राय:मा पुगेको छ।”१३ र १४ असारमा भारत तर्फबाट स–साना झुण्डमा सलह नेपाल प्रवेश गरेका थिए। हावा दक्षिणबाट उत्तरतर्फ बहँदा सलह नेपालतर्फ आएका हुन्। हिजो, १५ असार र आज मध्यान्हसम्म सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छैन। “पहिला पसेकाहरू धेरै छिन्नभिन्न भएका छन्। प्युठान पुगेको सलह तीन झुण्डमा विभाजित भई पश्चिमतर्फ लागेको सूचना प्राप्त भएको छ। राति रोल्पाको जंगलमा रहेका थिए”, हुमागाईंले भने। पूर्वको पाँचथर, भोजपुरमा समेत सलह भेटिएको उनले जनाए।

">