कीर्तिपुर। कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरू गरिएको छ।
कीर्तिपुर नगरपालिकाको सहयोगमा अस्पतालमा डायलाइसिस सेवा थालिएको छ।
डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले एक करोड दश लाख खर्च गरेको उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन्।
“कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गौलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौँ”, उनले भनिन्, “नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सञ्चालनमा ल्याएका हौँ।”
कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा. पेरु प्रधानका अनुसार डायलाइसिस सेवाका लागि अस्पतालले डायलाइसिस सेवाका १३ जनाले नाम टिपाइसकेका छन्। अस्पतालले सो सेवा प्रदान गर्न हाल ११ कर्मचारी परिचालन गरेको छ। रासस
" /> कीर्तिपुर। कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरू गरिएको छ।कीर्तिपुर नगरपालिकाको सहयोगमा अस्पतालमा डायलाइसिस सेवा थालिएको छ।

">