उक्त विमानस्थलमा अन्तर्राष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए। अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ। विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उनको भनाइ छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न २५ लाख बजेट विनियोजन गरेको बताइएको छ।
सङ्घीय सरकारले यस वर्ष घोराहीको नारायणपुरमा आन्तरिक विमानस्थलका लागि बजेट विनियोजन गरेको छ। टरिगाउँ एअरपोर्टमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले बताए। टरिगाउँ एअरपोर्टको धावनमार्ग विस्तारका लागि करीब २० करोड आवश्यक पर्ने भएकाले उक्त बजेट केन्द्र सरकारले विनियोजन गरेमा ठूला जहाज बस्न सक्ने उनको भनाइ छ।
“हामीले जसरी पनि टरिगाउँ एअरपोर्टको स्तरवृद्धि गर्नुपर्छ, त्यसका लागि नियमित रूपमा केन्द्रमा पहल गरिहेका छौँ”, उनले भने, “ स्तरवृद्धि गरिएपछि नियमित र सहज उडान हुन्छ। यस विषयमा मैले राष्ट्रिय सभामा पनि कुरा उठाएको छु, दाङका सांसदहरूले सामूहिक रूपमा पर्यटनमन्त्रीलाई दबाब पनि दिएका छन्।” रासस
" />उक्त विमानस्थलमा अन्तर्राष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए। अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ। विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उनको भनाइ छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न २५ लाख बजेट विनियोजन गरेको बताइएको छ।

">