काठमाडौं। “ए ! तपाईं-म आफ्नै मान्छे हो। अहिले मलाई अलि समस्या भयो। ठ्याक्कै एक महीनाभित्र म तपाईंको हातमै पैसा दिन्छु”, गायक सुगम पोखरेलले वर्षौंदेखि सुन्दै आएको शब्द हो। विभिन्न कार्यक्रममा गीत गाएवापत पाउनुपर्ने पारिश्रमिक लिन पनि सुगमलाई निकै पापड पेल्नु परेको छ।

अति नै गर्न थालेपछि गायक पोखरेलले जति गर्दा पनि समय टार्दै जाने तर, पारिश्रमिक दिन नखोज्ने आयोजकको नाम र तस्वीर सार्वजनिक नै गरेका छन्। २४ घण्टे अल्टिमेटम दिएर उनले नाम र तस्वीर सार्वजनिक गरेका हुन्। उनले अन्य आयोजकहरूको पनि तस्वीरसहित सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

काम गरेवापत पाउनुपर्ने पारिश्रमिकका लागि पनि हातखुट्टा जोड्नुपर्ने अवस्था आएपछि बाध्य भएर यस्तो कदम चालिएको उनी बताउँछन्। आफ्नो सहनशिलतालाई कमजोरी ठानेर झुलाई राख्ने प्रवृति बढेपछि कानूनी प्रक्रियासँगै सामाजिक सञ्जालमार्फत् नाम र तस्वीर सार्वजनिक गर्नेतर्फ उनी लागेका हुन्।

सम्झौताअनुसार समयमै पारिश्रमिक नपाउँदाको पीडा नायक नाजिर हुसेनसँग पनि उस्तै छ। चलचित्र निर्माताले कलाकारसँग सम्झौता गरेअनुसार समयमै पारिश्रमिक नदिँदाको पीडा नाजिरले नराम्रोसँग भोगेका छन्। “एक पैसा पनि नभएर निर्मातासँग माग्दा उल्टै व्यथा सुनाउन थाल्छन्,” नाजिर भन्छन्, “पैसा नहुँदा कहिलेकाहीँ त घरबेटीको आँखा छलेर हिँड्नुपरेको थियो।”

त्यस्तै गत वर्ष मात्र प्रदीप खड्काले पनि पारिश्रमिक नपाएको भन्दै पीडा व्यक्त गरेका थिए। त्यो बेला केहीदिन चर्चा पाएपछि पछि त्यत्तिकै सेलायो। कोरोना महामारीका कारण चलचित्र तथा गीत संगीत क्षेत्र बन्द छ। अहिले भने यो विषयले चर्चा पाईरहेको छ। नायक पल शाह समयमै पारिश्रमिक नपाउँदा कलाकार डिप्रेसनमा जान सक्ने खतरा रहेको बताउँछन्। “आफूले गरेको फिल्मको पैसा पाउन वर्षौं–वर्षसम्म डाइरेक्टर, प्रोड्युसरसँग दुुई हात जोड्नुपरेको छ। यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्र बचाई राख्न सबैभन्दा पहिला कलाकारलाई पारिश्रमिक दिन पछि हट्न हुन्न,” पलले भने।

पलले दुई चलचित्रबाट झण्डै २५ लाख रूपैयाँ उठाउन बाँकी रहेको बताए। “जति माग्दा पनि दिँदैनन्। तीन महीनामा दिन्छु भनेकाले एक वर्ष भयो दिएका छैनन्। प्रहरीमा उजुरी गर्न खोज्दा त्यो पनि गर्न दिँदैनन्,” पलले आफ्नो पीडा व्यक्त गरे। गायक शिव परियारले केही वर्षअघि यस्तै समस्या भोगेका थिए। मौखिक सहमति तथा चिनजानको आधारमा काम गर्दा निकै समस्या हुने गरेको उनको भनाइ छ। कार्यक्रम आयोजकमा गलत प्रवृतिका मानिसहरू हाबी हुँदा कलाकारले पारिश्रमिक पाउन वर्षौं कुर्नुपरिरहेको उनको भनाइ छ।

त्यही समस्याबाट मुक्ति पाउनका लागि शिवले आजभोलि भने कार्यक्रमअघि नै पारिश्रमिक, यातायात टिकट, होटल बुकिङ लगायत सबै तयार पार्ने गरेका छन्। यस्तो समस्या आउनुको पछाडि ‘आर्टिष्टहरूले म्यानेजर’ राखेर काम नगर्नु रहेको उनको भनाइ छ। “९९ प्रतिशत आर्टिष्टहरू म्यानेजर नराखेर काम गर्दै आएका छन्। म्यानेजर राख्दा सबै सम्झौता गर्ने, पारिश्रमिकका विषयमा सबै कानूनी प्रक्रिया पुर्‍याउँछन्। तर, त्यसो हुन सकिरहेको छैन,” गायक परियारले भने।

“कलाकार भनेका समाजका स्तम्भ हुन्। उनीहरूले आफ्नो मात्र नभएर समाज तथा आफ्नो पेशाप्रति पनि लगनशिल हुनुपर्छ,” परियाले भने, “यस्तो अवस्थामा हामीहरूले हचुवाको भरमा धेरै बोल्न मिल्दैन। जसले गर्दा गलत प्रवृतिका मानिसहरूले फाइदा उठाइरहेका छन्।” सबै कलाकारहरूले सम्झौता गरेर मात्र अगाडि बढ्नुपर्ने उनको सुझाव छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले पारिश्रमिक समयमै नपाउने समस्या वर्षौंदेखि विद्यमान रहेको बताए। “कलाकारको हकहितका लागि खोलिएका संघ संस्थाहरूसँग उहाँहरूले कुनै समन्वय तथा सम्पर्क नै गरेका हुँदैनन्। कलाकारलाई समस्या परेको बेला कसरी सहयोग गर्ने?”, बिजीको प्रश्न छ।

यस्तो अवस्थामा आफ्नो समस्या समाधानका लागि स्वयं कलाकार नै जवाफदेही हुने र उनीहरूले नै लड्नुपर्ने उनको तर्क छ। “सम्झौता गरेर अगाडि बढेको भए, त्यहीअनुसार कानूनी प्रक्रियामा जाने, होइन भने आपसी समझदारीमा अगाडि बढ्नुबाहेक केही विकल्प हुँदैन,” प्रतिष्ठानका अध्यक्ष बीजीले भने।

" /> काठमाडौं। “ए ! तपाईं-म आफ्नै मान्छे हो। अहिले मलाई अलि समस्या भयो। ठ्याक्कै एक महीनाभित्र म तपाईंको हातमै पैसा दिन्छु”, गायक सुगम पोखरेलले वर्षौंदेखि सुन्दै आएको शब्द हो। विभिन्न कार्यक्रममा गीत गाएवापत पाउनुपर्ने पारिश्रमिक लिन पनि सुगमलाई निकै पापड पेल्नु परेको छ।

"> फुर्सदमा कलाकारले निकाल्न थाले हिसाब, वर्षौंदेखिको पारिश्रमिक नपाउँदा तनावमा: Dekhapadhi
फुर्सदमा कलाकारले निकाल्न थाले हिसाब, वर्षौंदेखिको पारिश्रमिक नपाउँदा तनावमा

प्रतिक्रिया दिनुहोस्