दैलेख। नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई हाते ट्रयाक्टर, हिलो बनाउने र धान रोप्ने यन्त्र हस्तान्तरण गरेका छन्।
नगर प्रमुख रत्नबहादुर खड्काले स्थानीयस्तरमै रोजगारी प्रवद्र्धनका लागि कृषिलाई नै प्राथमिकता दिएर आगामी बजेट तय गरिने बताए।
यस वर्ष समयमै पानी परेका कारण रोपाइँ गर्न सहज भएको र पानीका मुहान समयमै फुटेको कृषि विकास कार्यालयले जनाएको छ।
दैलेख जिल्लाभर छ हजार ५१७ हेक्टरमा धान खेती गरिँदै आए पनि हिजोसम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए। रासस
" /> दैलेख। नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई हाते ट्रयाक्टर, हिलो बनाउने र धान रोप्ने यन्त्र हस्तान्तरण गरेका छन्।नगर प्रमुख रत्नबहादुर खड्काले स्थानीयस्तरमै रोजगारी प्रवद्र्धनका लागि कृषिलाई नै प्राथमिकता दिएर आगामी बजेट तय गरिने बताए।

">