काठमाडौं। दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप कोभिड-१९ महामारीका कारण एक वर्षपछि सरेको छ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले प्रतियोगिता एक वर्षका लागि पछाडि सार्ने निर्णय गरेको हो।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवबीच हिजो, १५ असारमा जुममार्फत सम्पन्न भुर्चअल बैठकले २०२१ मा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
यस संस्करणको साफ च्याम्पियनसिप १९-३० सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने तय थियो। तर, अब एक वर्ष पछाडि धकेलिएको छ।
अखिल नेपाल फुटबल महासंघका अनुसार साफका महासचिव अनवारुल हकले भर्चुअल बैठकमा सहभागी फुटबल संघका महासचिवलाई स्वागत गरेका थिए।
एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले बैठकमा भाग लिएका थिए। बैठकमा सबैले कोभिड-१९ का कारण उत्पन्न चुनौती र प्रतियोगिता आयोजनाबारे आफ्नो धारणा राखेका थिए।
समूहका प्रतियोगिता भने अर्को बैठक नबस्दासम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ।
यससँगै महिला साफ च्याम्पियनसिप, यू-१५ महिला र पुरुष साफ च्याम्पियनसिप तथा यू-१८ महिला च्याम्पियनसिप प्रतियोगिता अर्को बैठकसम्मका लागि स्थगित भएका छन्। अर्को बैठक सेप्टेम्बरको पहिलो साता हुनेछ।
" /> काठमाडौं। दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप कोभिड-१९ महामारीका कारण एक वर्षपछि सरेको छ।दक्षिण एशियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले प्रतियोगिता एक वर्षका लागि पछाडि सार्ने निर्णय गरेको हो।

">