काठमाडौं। गण्डकी प्रदेशको चार जिल्लाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ब्यासमा तीन पुरुष र दुई महिला गरी पाँचजना, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, लमजुङको बेशीसहर, मर्स्याङ्दी, मध्यनेपालमा एक/एकजना महिला र मादीमा एकजना पुरुष एवं कास्कीको पोखरा महानगरपालिकामा ६ पुरुष र एक महिला संक्रमित फेला परेका हुन्।
प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
आज थप भएकासहित गण्डकीमा कोरोनाका कूल संक्रमित ९६६ जना पुगेका छन्।
यस प्रदेशबाट २१४ जना संक्रमणमुक्त भएर घर फर्किएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशको चार जिल्लाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ब्यासमा तीन पुरुष र दुई महिला गरी पाँचजना, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, लमजुङको बेशीसहर, मर्स्याङ्दी, मध्यनेपालमा एक/एकजना महिला र मादीमा एकजना पुरुष एवं कास्कीको पोखरा महानगरपालिकामा ६ पुरुष र एक महिला संक्रमित फेला परेका हुन्।

">