सुर्खेत। पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। दिनहुँजसो दर्जनौँ सङ्क्रमित डिस्चार्ज भएर घर जान थालेका छन्।
१० जेठयता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकमा आतङ्क फैलिएको थियो। १३ असार यता कोरोना सङ्क्रमित हुनेभन्दा संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणमा १५ असारमा रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि प्रदेशका विभिन्न आइसोलेशन सेन्टरबाट ४५ सङ्क्रमित डिस्चार्ज भएर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।
अब कर्णालीमा ४२६ जना सक्रिय कोरोना सङ्क्रमित छन्। कूल सङ्क्रमित सङ्ख्याको ७० प्रतिशत संक्रमणमुक्त भएर घर फर्केको र बाँकी ३० प्रतिशतको अवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। रासस
" /> सुर्खेत। पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। दिनहुँजसो दर्जनौँ सङ्क्रमित डिस्चार्ज भएर घर जान थालेका छन्।१० जेठयता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकमा आतङ्क फैलिएको थियो। १३ असार यता कोरोना सङ्क्रमित हुनेभन्दा संक्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको छ।

">