काठमाडाैं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल) को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको जनाइएकाे छ।
मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरूपमा कोभिड–१९ को महामारीका कारण कार्यान्वयनको थालनी मितिमा पुनःविचार आवश्यक देखिएको एमसीए नेपालले जनाएको छ।
संघीय संसद्ले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने व्यवस्था छ। एमसीसीका बारेमा सकारात्मक तथा नकारात्मक कोणबाट टीकाटिप्पणी भइरहेको छ।
एमसीए नेपालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनमा भने विश्वव्यापी कोभिड-१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनीमा पुनःविचार आवश्यक देखिएको छ।”
एमसीसी कार्यान्वयनका लागि पूर्वनिर्धारित मिति भोलि मंगलबारदेखि तय गरिएको थियो। मंगलबारदेखि कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसीए नेपालको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ।”
सो परियोजनाको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धतासमेत एमसीए नेपालले व्यक्त गर्न चाहेको छ।
ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल सरकारको कूल ६४ अर्ब बराबरको परियोजनाका विषयमा सकारात्मक तथा नकारात्मक दुवै कोणबाट टीकाटिप्पणी भइरहेको छ। रासस
" /> काठमाडाैं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल) को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको जनाइएकाे छ।मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरूपमा कोभिड–१९ को महामारीका कारण कार्यान्वयनको थालनी मितिमा पुनःविचार आवश्यक देखिएको एमसीए नेपालले जनाएको छ।

">