साउन ७ सम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद्काे निर्णय
काठमाडौं। लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिइने भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

“साउन ७ सम्म लकडाउनलाई निरन्तरता दिने र लकडाउनलाई थप कडाइ गर्ने निर्णय भयो,” भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले देखापढीसँग भनिन्।

लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै लकडाउनलाई कडा गर्ने निर्णय भएको उनको भनाइ छ।

बैठकमा कोभिड-१९ महामारी रोकथामका विषयमा छलफल भएको थियो।

तर, नेपाल प्रवेश गरेको सलह र बर्खायाममा हुन सक्ने विपद्का घटनामा भने कुनै छलफल भएन।

प्रतिक्रिया दिनुहोस्