सुर्खेत। बाली नष्ट गर्ने सलह कीरा नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न निर्देशन दिएको हो।
मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ।
मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पुर्याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए।
“कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन”, उनले भने, “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो।”
कर्णालीमा अहिलेसम्म सलह प्रवेश गरेको सूचना छैन। हावाको गतिसँगै सलह प्रवेश गर्न सक्ने मन्त्रालयको अनुमान छ। रासस
" /> सुर्खेत। बाली नष्ट गर्ने सलह कीरा नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न निर्देशन दिएको हो।

">