रातको समयमा काठमाडौंको शहरी सौन्दर्य बढाउन रंगीचंगी बत्ती
काठमाडौं। काठमाडौं शहरलाई सुन्दर बनाउन काठमाडौं महानगरपालिकाले रंगीचंगी बत्ती जडान गर्न शुरू गरेको छ।

महानगरले रातको समयमा काठमाडौं शहरलाई सुन्दर बनाउन परीक्षणका रूपमा रंगीचंगी बत्ती जडान गर्न शुरू गरेको हो।

परीक्षणका रूपमा माइतीघरमा रंगीचंगी बत्ती जडान गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले देखापढीलाई बताए।

उनले भने, “हामीले परीक्षणका रूपमा रातको समयमा शहरलाई झिलिमिली बनाउन रंगीचंगी बत्ती जडान प्रक्रिया अगाडि बढाइएको छ।”

परीक्षणका रूपमा जडान गरेको बत्तीमा आउने प्रतिक्रियापछि शहरभरि बत्ती जडान गर्ने योजना महानगरले बनाएको छ।

खर्च धेरै हुने भनेर सबैले विरोध गरेमा जडान प्रक्रिया रोक्ने र सबैले राम्रो काम भनेको अवस्थामा पूरै शहर सजाउने शाक्यले बताए।

प्रतिक्रिया दिनुहोस्