काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा कार्यरत प्रशासन सहायक रत्नबहादुर विकलाई कार्यालयबाट उठाएको राजस्व रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ।
कार्यालयबाट उठाएको रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी विकले दुरुपयोग गरेको भन्ने उजुरी आएपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् जनाएअनुसार विकलाई आज उनकै घरबाट पक्राउ गरिएको हाे।
उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ मा कार्यरत प्रशासन सहायक रत्नबहादुर विकलाई कार्यालयबाट उठाएको राजस्व रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ।कार्यालयबाट उठाएको रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी विकले दुरुपयोग गरेको भन्ने उजुरी आएपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् जनाएअनुसार विकलाई आज उनकै घरबाट पक्राउ गरिएको हाे।
उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ।
">