राजनराज सिवाकोटी अभिनित पहिलो गीतमा मिलन नेवारको साथ
काठमाडौं। राजनराज सिवाकोटी र गायिका मिलन नेवार अभिनित ‘तिमी उता म यता’ गीत सार्वजनिक गरिएको छ।

गीतकार तथा संगीतकार समेत रहेका सिवाकोटीले पहिलोपटक आफ्नै गीतमा अभिनयसमेत गरेका छन्।

भिडिओमा दुवैजनाले गाउनुका साथै दुवैजनाले अभिनय गरेका छन्।

भिडिओमा सिवाकोटीले आफ्नी छोरी आरिष्मालाई पनि देखाएका छन्।

यसअघि दुवैजनाले चरिले काफल टिप्यो, ठेकीमा दही, गुलेलीले हान्दिउँ कि लगायतका चर्चित गीतमा स्वाद दिइसकेका छन्।

सन्दीप कार्कीको संगीत संयोजन रहेको गीतमा किरण विकले रेकर्डिङ गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्