उप–निर्वाचनमा कांग्रेस उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई

काठमाडौँ। नेपाली कांग्रेसले १४ मंसीरमा हुन उप–निर्वाचनमा उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उप–निर्वाचन उम्मेद्वार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

कांग्रेसले पदाधिकारी बैठकमा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यको रूपमा निमन्त्रणा गर्नेछ ।

१४ मंसिरमा कास्की–२ मा प्रतिनिधिसभाको र दाङ, बागलुङ तथा भक्तपुरमा प्रदेशसभाको निर्वाचन हुँदैछ।

केन्द्रीय कार्यसमितिको बैठकले धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्