इङ्ल्यान्डका कप्तान रूटले वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट गुमाउन सक्ने
काठमाडौं। इङ्ल्यान्डका कप्तान जो रूटले अर्को साताबाट शुरू हुने वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट गुमाउने सम्भावना छ।

उनी आफ्नो दोस्रो सन्तान प्राप्तिको अवसरमा परिवारसँग हुनेछन्।

टेष्ट शृंखला ८ जुलाईबाट सुरू हुँदैछ।

कोभिड-१९ महामारीको जोखिमका कारण खेल अवधिभर खेलाडीले सीमित ठाउँमा मात्र हिँडडुल गर्न पाउनेछन्।

पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर खेल हुन लागेकाले रूटले तत्काल टीम छाड्न तथा समावेश हुन पाउने छैनन्।

बीबीसीका अनुसार रूटको अनुपस्थितिमा बेन स्टोक्सले इङ्ल्यान्डको कप्तानी गर्ने जिम्मेवारी पाउने सम्भावना छ।

शनिबार रूटले अलराउन्डर स्टोक्सको तारिफ गरेका थिए। रूटले स्टोक्समा नेतृत्व गर्न सक्ने क्षमता भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्