पछिल्लो २४ घण्टामा ४७६ कोरोना भाइरसका संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुग्यो
<p style="text-align: justify;">काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना भाइरसका संक्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ४७६ कोरोना भाइरसका संक्रमित थपिएका हुन्।</p>
<p style="text-align: justify;">मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ।</p>